हाम्रो बारे

सहकारीको सर्वमान्य सिद्धान्त मूल्य र मान्यतालाई शिरोपर गर्दै “संकल्प गर्छौं सधै उत्कृष्ट रहन्छौं” भन्ने मुलनारा बोकि काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. ७ चावहिल, गणेशस्थान स्थित प्रधान कार्यालय रहेको यस निरिका बहुउद्देश्यीय सहकारी संस्था लि., वाग्मती प्रदेश सहकारी ऐन २०७६ अन्तर्गत स्थापना भएको सहकारी संस्था हो ।

नेपालको संविधानले सहकारीलाई देशको प्रमुख अर्थतन्त्रको स्तम्बको रुपमा परिभाषित गरेसँगै देशको सामाजिक, आर्थिक र साँस्कृतिक रुपान्तरण गर्न हेतु स्थानिय विभिन्न पेशा तथा व्यवसायमा आवद्ध व्यक्ति, सामाजिक भियन्ताहरुको समूहबाट स्थापना भएको यस संस्थाको परिचय सम्पूर्ण क्षेत्र तथा वर्गमा सहकारीको पहुँच पु¥याउनु हो ।

संचालन तथा व्यवस्थापन शेयर सदस्य महानुभावहरुको सन्तुष्टि नै यस संस्थाको सफलता हो जसलाई पुरा गर्न यस संस्थाको संचालक समिति, लेखा समिति साथै अन्य उप समितिमा विभिन्न क्षेत्र तथा व्यवसायमा विगत लामो समय देखि सफल व्यवस्थापन गर्दै आउनुभएका अनुभवि क्षमतावान तथा कुशल नेतृत्व दिन सक्ने युवा तथा उर्जाशिल व्यक्तिहरुको समूहबाट संस्थाको समिति तथा उप समिति गठन भएको छ । समय अनुकुल शेयर सदस्य महानुभावहरुको चाहना आवश्यकता अनुसार निति, कार्यक्रम तथा योजना बनाइ कार्यन्वयन गर्न सम्पूर्ण समिति प्रतिवद्ध छ ।

त्यसै गरि संस्थाको लक्ष्य र उद्देश्य प्राप्त गर्न दक्ष तथा अनुभवि कर्मचारीहरुबाट संस्थाको दैनिक कारोबारलाई प्रविधिमैत्री बनाउन व्यवस्थित बैंकिङ्ग प्रणाली प्रयोग गर्दै आएको छ । संस्थाको निति, कार्यक्रम तथा योजनाको अधिनमा रहि इमान्दारपूर्वक कर्तव्य पालना गर्नु सफल व्यवस्थापनको पहिचान हो । व्यवस्थापन पक्षले यो यथार्थलाई सदैव आत्मासाथ गर्दै अघि बढ्ने छ ।

लक्ष्य

वर्तमान प्रतिस्प्रधात्मक वित्तिय वातावरणमा स्थास्थ प्रतिस्प्रधाबाट समाजमा छरिएर रहेको तथा निस्कृय पूँजीलाई एकिकृत गरि उक्त पूँजीलाई उत्पादनमुलक क्षेत्रमा लगानी गरि रोजगारी सृजना गर्ने तथा शेयर सदस्य महानुभावहरुलाई समय अनुकुल लगानी गरि संक्षम व्यवसायी बनाउने यस संस्थाको लक्ष्य रहेको छ ।

उद्देश्य

सदस्य महानुभावहरुको सामाजिक आर्थिक एवं साँस्कृतिक रुपान्तरण गर्न संयुक्त स्वामित्व तथा पूर्ण प्रजातान्त्रिक भई वित्तीय कारोबार गर्ने साथै समाजमा पिछडिएका वर्ग तथा समुदायमा वित्तिय साक्षरता, ज्ञान, शिप प्रदान गर्ने र नियमित बचत गर्ने वानि बसाल्ने यस संस्थाको उद्देश्य रहेको छ ।

दुरदृष्टि

सदस्यहरु विच सहकार्य गरि देशको विकास गर्न तथा वित्तिय साक्षरता प्रदान गर्दै शेयर सदस्यको जिवनस्तर उकास्न अग्रणी भुमिकामा सवल एवं संक्षम सहकारीको रुपमा स्थापित हुने ।
शेयर पूँजी
यस संस्थाको अधिकृत शेयर पूँजी रु. १०‚००‚००‚०००/— (दश करोड) रहेको छ उक्त अधिकृत शेयर पूँजीलाई ०८३/०८४ सम्ममा चुक्ता पूँजीमा परिणत गरि क्रमिक रुपमा बढाउदै लैजाने यस संस्थाको निति रहेको छ ।

शेयरपूँजी

यस संस्थाको अधिकृत शेय® पूँजी रु. १०,००,००,०००÷— (दश क®ोड) ®हेको छ उक्त अधिकृत शेय® पूँजीलाई ०८३÷०८४ सम्ममा चुक्ता पूँजीमा प®िणत गरि क्रमिक रुपमा बढाउदै लैजाने यस संस्थाको निति रहेको छ ।

निक्षेप योजना

बचत सदैव अपरिहार्य रहेका कुरा सबैमा सर्वविभितै छ । आजको युगमा विना पैसा कार्य गर्न सहज छैन अझ हाम्रो जस्तो मुलुकमा दिनानुदिन विग्रदै गएको आर्थिक, सामाजिक र राजनितिक अवस्थामा नियमित बचत मात्र यस्तो पक्ष हो जसले आकस्मिक रुपमा आइपर्ने आवश्यकताको प्रिय मित्र बन्न सक्छ । यस मान्यतालाई साथमा राखि विद्यमान प्रतिष्पर्धात्मक वित्तिय वातावरणमा निक्षेपकर्तालाई आकर्षक ब्याजदर प्रदान गर्नेगरी तपशिल बमोजिमको योजनाहरू लागु गरिएको छ ।

साधारण बचत
विशेष बचत
निरिका गोल्डेन वचत
निरिका बिजनेश बचत
निरिका बिजनेश प्लस बचत
निरिका कल बचत
लगानी बचत
नव कोपिला कर्णधार बचत
अवधि बचत
१९०/३६५/७३० दिने बचत
जेष्ठ नागरिक बचत
नारी संमृद्धि बचत
चमत्कार बचत
मुद्दती बचत
जीवन सारथी बचत

कर्जा योजना

समयको माग सँगै सदस्य महानुभावहरुलाई उद्योग एवं व्यापार व्यवसाय विस्तारका लागि आवश्यकता अनुसार निम्न शिर्षक अन्तर्गत कर्जा प्रदान गरिनेछ ।

महिला उद्यमी कर्जा
सामुहिक जमानी कर्
व्यवसायिक कर्
सुन धितो कर्जा
शैक्षिक कर्जा
कृषि कर्जा
हायर पर्चेज कर्
शेयर धितो कर्जा
मुद्दति बचत धितो कर्जा
घर जग्गा धितो कर्
अन्य कर्जा